असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानबाट १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिक स्वदेश फिर्ता

आईओएमले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाकिस्तानले पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जानकारी दिएको छ ।

आईओएमका अनुसार सन् २०२५ को अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट अफगानी नागरिक देश फर्किएका छन् ।

आईओएमले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

सन् २०२३ सेप्टेम्बरयता पाकिस्तान र इरानबाट झन्डै २४ लाख ३० हजार अफगान नागरिक फर्किसकेका छन् जसमा धेरैजसो बाध्य भएर फर्कनुपरेको आईओएमका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पाकिस्तान सरकारले सन् २०२५ मा झन्डै ३० लाख अफगानी नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार