असार २३, २०८२ सोमबार July 7, 2025

पेरूको पुर्व प्रथम महिला ब्राजिल भागिन्, श्रीमान पुर्व राष्ट्रपति भने जेलमा

फैसला सुनाए लगत्तै न्यायपालिकाले हुमालालाई तुरुन्तै सजाय सुनाउन र जेल पठाउन आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ बैशाख । पेरुकी पूर्व प्रथम महिला नादिन हेरेडिया ब्राजिलमा भागेकी छिन् ।

पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्व राष्ट्रपति ओलान्ता हुमालालाई मनी लान्ड्रिङको आरोपमा १५ वर्षको जेल सजाय सुनाए पछि उनी देश छाडेर भागेकी हुन् । र, ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको छ।

‘उहाँ बुधवार आफ्नो छोरासँग राजधानी ब्रासिलिया पुग्नु भएको छ,’ उनका वकिल जुलियो एस्पिनोजाले सीएनएनलाई बताए।

पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान लिमास्थित ब्राजिलियन दूतावासमा शरणको लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।

हेरेडियाका वकिलले भने कि उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन्।

‘फैमिली र व्यक्तिगत निर्णय सजाय सुनाउनु भन्दा करिब दुई देखि तीन घण्टा अघि यो सबै भयो,’ उनले भने । तर, उनले उनको शरणका लागि अनुरोध गरेको बारेमा मिडिया मार्फत मात्र थाहा पाएको बताए ।

सन् २००६ र २०११ मा हुमालाको चुनावी अभियानमा गैरकानुनी योगदान गरेको अभियोगमा उनी र उनको श्रीमान्लाई सजाय सुनाइएको एक दिनपछि उनको ब्राजिल भागेकी हुन् ।

अभियोजकहरूले हुमालाको राष्ट्रवादी पार्टीले भेनेजुएला सरकार र ब्राजिलको निर्माण कम्पनी ओडेब्रेचबाट उनको अभियानमा आर्थिक सहयोग मागेको आरोप लगाएका थिए। तर, हुमाला र उनकी श्रीमतीले कुनै पनि गल्ती अस्वीकार गर्दै आएका छन् ।

मुद्दाको सुनुवाइ सुरु भएको तीन वर्षपछि भने मंगलबार न्यायाधीशले फैसला पढ्दा हुमाला उपस्थित थिए, हेरेडिया भने उपस्थित भइनन्। फैसला सुनाए लगत्तै न्यायपालिकाले हुमालालाई तुरुन्तै सजाय सुनाउन र जेल पठाउन आदेश दिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार