मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि

पहिलो स्क्यान्डल जासुसीसँग सम्बन्धित छ र दोस्रो दुर्भाग्य लडाकु विमानसँग सम्बन्धित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ताइपेइ, ६ बैशाख । चीनको बिरूद्ध चेतावनी दिएकोमा ताइवानका लागि दुर्भाग्य भएको छ।

एकातिर चीनले ताइवानको सिमानालाई कडाइका साथ घेर्न सुरू गरेको छ भने अर्को तर्फ ताइवान आफ्नै सैन्य अभ्यासमा लगातार असफलसमेत भइरहेको छ।

कतिसम्म भने पछिल्लो २ दिनमा ताइवानसँग दुईवटा ठूला अप्रिय घटना घटेका छन । पहिलो स्क्यान्डल जासुसीसँग सम्बन्धित छ र दोस्रो दुर्भाग्य लडाकु विमानसँग सम्बन्धित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुर्भाग्यपुर्ण दुई ठूला घटना पछि ताइवानमा एक्कासी सन्नाटा छाएको छ भने भित्र भित्रै चीन भने खुसी देखिएको छ।

त्यसो त, यसअघि नै दुई देशको द्वन्द्वका बीच चीनले ताइवानलाई पूर्ण रूपमा घेरेर राखेको अवस्था छ । खासमा चीनले क्वाडोङ टापु नजिकै समुद्रको बीचमा ६
आफ्नो आणविक पनडुब्बी तैनाथ गरिसकेको छ । यी पनडुब्बीको सहयोगमा चीनले ताइवानलाई नक्साबाट मेटाउन सफल हुने देखिएको छ र उसको योजना अनुसार चीनमा गाभ्नका लागि थप सहज हुने भएको छ।

उता, यसबाहेक चीनले ताइवान छिर्ने मुख्य मार्गको रूपमा रहेको प्रशान्त महासागरमा ३ हजार किलोमिटरसम्म घेराबन्दी गरेको छ । जसका कारण अमेरिकाले ताइवानलाई आफ्नो थप हतियार सहयोग समुन्द्री मार्गवाट अब सजिलै पुर्‍याउन सक्ने छैन् ।

यसको मतलब चीनले ताइवानमाथि आक्रमण गर्‍यो भने अमेरिकाले केही गर्न सक्दैन् भन्ने बुझ्न कुनै गारहो नभएको समाचारमा उल्लेख छ। चीनले अमेरिकाले कुनै पनि हालतमा ताइवानलाई बचाउन नसक्ने बताइसकेको छ। किनभने, अमेरिका ताइवानको सबैभन्दा ठुलो सहयोगी राष्ट्र हो ।

यसैबिच, ताइवानमा २ दिनमा दुईवटा ठूला झट्का लागेको छ । उसलाई पहिलो धक्का तब लाग्यो, जब उनको गुप्तचर एजेन्सीले ६२ जना चिनियाँ नागरिक सेनाको उच्च पदमा राखेको थाहा पायो, यो गत बिहीबार मात्रै ६२ चिनियाँ सैनिक अधिकारीको पहिचान ताइवानले गरेको हो । ताइवान सरकारले अब यी सैनिकहरूलाई तैनाथ गर्नुको उद्देश्य के थियो भनेर अनुसन्धान गरिरहेको छ।

यस रहस्य खुले पछि ताइवानका राष्ट्रपतिले भनेका छन्, ‘ताइवानको सेनामा अब पनि कति चिनियाँ छन् भनेर पनि पत्ता लगाउँदैछौं।’

दोस्रो झट्का भनेको त्यसको भोलीपल्ट अर्थात शुक्रबार मिराज लडाकु विमानले धावनमार्गमा उडान भर्न नसकेपछि लागेको हो । प्राविधिक समस्याका कारण मिराज उडान गर्न नसकेको रक्षा विज्ञहरूले बताएका छन । ताइवानसँग हाल ६२ मिराज लडाकु बिमान छन्। जुन मिराजलाई ताइवानले फ्रान्सबाट किनेको थियो । १९९७ मा ताइवानले ती सबैलाई आफ्नो सैन्य सम्पत्तिको रूपमा राखिरहेको थियो । तर, त्यसले पनि उडान भर्न नसके पछि ताइवान थप तनावमा परेको अवस्था छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार