असार २३, २०८२ सोमबार July 7, 2025

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की

तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्रामाटोर्स्क (युक्रेन), ७ वैशाख (रासस/एएफपी) : युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गर्नुभए पनि रुसी सेनाले फ्रन्ट लाइनमा आफ्नो गोलाबारी र आक्रमणहरू जारी राखेको बताउनुभएको छ ।

तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।

तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाउनुभयो ।

युक्रेनी सेनाध्यक्ष ओलेक्सान्डर सिरस्कीको बिहान ६ः०० (०३०० जिएमटी) को रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभयो, “विभिन्न फ्रन्टलाइन दिशामा रूसी गोलाबारीका ५९ वटा घटना र रूसी युनिटहरूद्वारा पाँच आक्रमण भइसकेका छन् ।”

शनिबार मध्यरात (२१०० जिएमटी) सम्मको छ घण्टामा ‘रूसी सेनाले गोलाबारी गरेको तीन सय ८७ वटा घटना र १९ वटा आक्रमण’ भएको र ‘रूसीहरूले दुई सय ९० पटक ड्रोन प्रयोग गरेको’ उहाँले बताउनुभयो ।

“समग्रमा इस्टर बिहानसम्म हामी भन्न सक्छौँ कि रुसी सेनाले युद्धविरामको सामान्य छाप सिर्जना गर्न प्रयास गरिरहेको छ, जबकि केही क्षेत्रमा अझै पनि अघि बढ्ने र युक्रेनलाई क्षति पुर्‍याउने एकल प्रयासहरू जारी राखेको छ”, जेलेन्स्कीको पोस्टमा भनिएको छ ।

इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।

शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्की समेत दिएको थियो ।

शान्तिलाई मौका दिनुहोस्

“आज १८०० (१५०० जिएमटी शनिबार) देखि मध्यरात आइतबार (२१०० जिएमटी आइतबार) सम्म रूसी पक्षले इस्टर युद्धविरामको घोषणा गर्दछ”, पुटिनले रुसी जनरल स्टाफका प्रमुख भेलेरी गेरासिमोभसँगको बैठकमा टेलिभिजनमा प्रसारित टिप्पणीहरूमा भन्नुभयो ।

जेलेन्स्कीले युक्रेनले पनि त्यसैको अनुसरण गर्ने भन्दै प्रतिक्रिया दिनुभयो र रुसले पहिले नै आफ्ना प्रतिज्ञाहरू तोडेको आरोप लगाए तापनि आइतबारभन्दा अगाडि युद्धविराम विस्तार गर्ने प्रस्ताव राख्नुभयो ।

“रुसले युद्धविरामका सर्तहरूको पूर्ण रूपमा पालना गर्नुपर्छ । आज राति मध्यरातपछि ३० दिनका लागि युद्धविराम कार्यान्वयन र विस्तार गर्ने युक्रेनको प्रस्ताव टेबलमा रहेको छ”, जेलेन्स्कीको आइतबारको पोस्टमा भनिएको छ ।

यसअघि उहाँले पुटिनले प्रस्तावित ३० दिनको पूर्ण र बिना शर्त युद्धविरामलाई पहिले नै अस्वीकार गरिसक्नुभएको भनी औंल्याउँदै ‘३० दिन शान्तिलाई एउटा मौका दिन सक्छ’ भन्ने सुझाव दिनुभएको थियो ।

पुटिनले आइतबार मनाइने इस्टर बिदाका लागि गरिएको युद्धविराम ‘मानवीय कारण’ बाट प्रेरित भएको बताउनुभएको थियो ।

उहाँले युक्रेनले मान्ने अपेक्षा गरे पनि रुसी सेना ‘शत्रुको सम्भावित युद्धविराम उल्लङ्घन र उक्साहटको प्रतिरोध गर्न तयार हुनुपर्छ’ भन्नुभयो ।

पुटिनले पछिल्लो युद्धविराम प्रस्तावले ‘किएभको शासनको तयारी, यसको इच्छा र सम्झौताहरू पालन गर्ने र शान्ति वार्ताको प्रक्रियामा भाग लिने क्षमता कति इमानदार छ’ देखाउने बताउनुभयो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार