असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकी उपराष्ट्रपति भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतमा रहँदा भान्स परिवारले ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुबीच दुई देशबीच स्वच्छ व्यापार र रक्षा साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ ।

Prime Minister Narendra Modi welcomes US Vice President JD Vance to his official residence 7, Lok Kalyan Marg, in New Delhiउपराष्ट्रपति भान्स भारतको चार दिने भ्रमणका लागि परिवारसहित हिजो नयाँ दिल्ली पुगेका हुन् । भारतमा रहँदा भान्स परिवारले ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने खबरमा उल्लेख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार