असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिका र युक्रेनले गरे खनिज सम्झौतामा हस्ताक्षर

युक्रेनमा अमेरिकी व्यापारिक स्वार्थलाई बढावा दिनाले युद्धविरामको स्थितिमा भविष्यमा हुने आक्रमणबाट रुसलाई रोक्न मद्दत पुग्ने अमेरिकाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेन र अमेरिकाले बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता भएको प्रधानमन्त्री डेनिस श्मिगलल बताएका छन् ।

अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा यस सम्झौताले उनीहरूलाई पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू सुनिश्चित गर्न सहयोग गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट प्राप्त युद्धकालीन सहायताको लागि ‘योगदान’ का रूपमा यसलाई उल्लेख गर्दै आएका छन् । किभ र वासिङ्टनले सम्झौतामा हस्ताक्षर गर्ने योजना केही हप्ताअघि नै बनाएका थिए तर ह्वाइट हाउसमा ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको भनाभनको स्थितिपछि अस्थायी रुपमा वार्ता अवरुद्ध भएको थियो ।

युक्रेनले रुसको तीन वर्षे आक्रमणलाई रोक्नको लागि कुनै पनि सम्झौताको एक भागको रूपमा सुरक्षा ग्यारेन्टीको लागि जोड दिदै आएको छ । युक्रेनमा अमेरिकी व्यापारिक स्वार्थलाई बढावा दिनाले युद्धविरामको स्थितिमा भविष्यमा हुने आक्रमणबाट रुसलाई रोक्न मद्दत पुग्ने अमेरिकाको भनाइ छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार