मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

संयुक्त राष्ट्रसङ्घका दूतद्वारा सिरियामाथिको आक्रमण तुरुन्त रोक्न इजरायललाई आग्रह

इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीद्वयले डुज समुदायको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेयर पेडरसनले इजरायल सरकारलाई सिरियामाथि भइरहेका हवाई आक्रमणहरू तत्काल रोक्न अनुरोध गर्नुभएको छ । हालै दमास्कसको राष्ट्रपति भवन नजिक आक्रमण भएपछि उहाँले उक्त गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभएको हो ।

इजरायलले सिरियाको डुज समुदायलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले आफ्नो सैनिक उपस्थिति बढाएको बताएको छ । मानव अधिकार निगरानी संस्थाले विशेषगरी यस हप्ता देखिएको सांप्रदायिक हिंसात्मक घटनाहरूमा ११९ जनाको ज्यान गएको जनाएको छ, जसमा धेरैजसो डुज समुदायका सदस्यहरू रहेका छन् ।

सन् २०२४ को अन्त्यमा पूर्वराष्ट्रपति बशर अल–असदलाई हटाएर सत्ता सम्हालेका नयाँ सिरियाली नेतृत्वले समावेशी शासनको प्रतिबद्धता जनाउनुभएको छ, यद्यपि उनीहरूलाई आन्तरिक चुनौतीको सामना गर्नुपरेको देखिन्छ ।

“सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथि भइरहेका आक्रमणहरू प्रति गहिरो चिन्ता व्यक्त गर्दै म इजरायल सरकारसँग यस्ता सैन्य गतिविधिहरू तत्काल रोकिने अपेक्षा राख्दछु,” पेडरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले शुक्रबार राति सिरियाका विभिन्न स्थानमा इजरायलबाट गरिएको २० भन्दा बढी हवाई आक्रमणलाई यो वर्षकै सबैभन्दा गम्भीर आक्रमण भनेको छ ।

सिरियाली समाचार संस्था सानाले आक्रमणका क्रममा एक सर्वसाधारण नागरिकको निधन भएको जानकारी दिएको छ । इजरायली सेनाले केही सैन्य पूर्वाधार र हवाई सुरक्षा प्रणालीहरूलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरेको छ ।

यसै सन्दर्भमा, इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीद्वयले डुज समुदायको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । दक्षिण सिरियामा सुरक्षात्मक तैनाथी गरिएको जनाइएको छ, यद्यपि त्यहाँ इजरायली फौजको उपस्थिति आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।

स्वेइदा प्रान्तका एक डुज अधिकारीले वर्तमान अवस्थामा इजरायली सैनिक नदेखिएको जानकारी दिनुभएको छ । यसैबीच, केही घाइते डुज नागरिकलाई उपचारका लागि इजरायलमा स्थानान्तरण गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार