मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जम्मा ३८ सिटमा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिड्नी, वैशाख २१ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

६२ वर्षीय अल्बानिज र उहाँकी हुनेवाला जीवन सङ्गिनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उहाँहरूलाई ताली बजाएर स्वागत गरेका थिए ।

अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसदमा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ । विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जम्मा ३८ सिट अन्य दलले १२ सिट जितेका छन् भने अन्य १७ सिटको अझै मत परिणाम आइसकेको छैन ।

“हामी हाम्रो दोस्रो कार्यकालमा सरकारका क्रियाकलापलाई ‘अनुशासित र व्यवस्थित’ रूपमा अघि बढाउने पहल गर्नेछौँ,” अल्बानिजले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको सुनिश्चततापछि क्याफेमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो ।

“हामी हरेक दिन कडा परिश्रम गर्नेछौँ,” उहाँले भन्नुभयो ।

अल्बानिजको कडा आलोचकका रूपमा निर्वाचनमा होमिएका विपक्षी नेता तथा पूर्व प्रहरी डटनले निर्वाचनमा आफ्नै सीट गुमाउनुको दुर्लभ अपमान सहनुपर्यो ।

उहाँलाई आलोचकहरूले नागरिक सेवामा कटौती गर्ने नीतिहरूको लागि ‘ट्रम्प–लाइट’ को संज्ञा दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार शुल्क र उनीहरूले फैलाएको अराजकता लेबर पार्टीको विजयमा सबैभन्दा ठूलो कारक नहुन सक्छ तर विश्लेषकहरूले तिनीहरू बिजयका लागि सहयोगी बनेको बताएका छन् ।

निर्वाचन परिणामको ब्याख्या गर्दै युनिभर्सिटी अफ सिड्नीका राजनीति शास्त्रका प्राध्यापक हेनरी माहेरले भन्नुभयो, “पछिल्ला केही महिनामा चुनावी अभियानका क्रममा मतदाताको ठुलो हिस्सा परिवर्तन भएको छ । मलाई लाग्छ यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

अस्थिरताको समयमा मतदाताले स्थिरतालाई नै रोजेका छन् ।

अल्बानिजको जीतको परिमाणले उनको आफ्नै पार्टीलाई आश्चर्यचकित बनाएको छ । लेबर पार्टीका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका जिम चाल्मर्सले भन्नुभयो, “देश अझै आर्थिक सङ्कटतर्फ गइरहेको छ ।”

चाल्मर्सले राष्ट्रिय प्रसारणकर्ता एबीसीसँग भन्नुभयो, “यो जीत हाम्रो अपेक्षाभन्दा बाहिर रहेको थियो, यद्यपि, त्यो इतिहास रच्ने रात थियो र मतदाताले एक पटक फेरि आफ्नो अभिमत लेबर पार्टीको पक्षमा दिएका छन् ।”

उहाँले भन्नुभयो, “दबाबमा रहेका अस्ट्रेलियालीहरू ’अनिश्चित समयमा स्थिरता’ चाहन्छन् । यो जित ‘नम्रताको स्वस्थ सहयोग’ का साथ आएको हो ।”

अल्बानिजले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, कर कटौती गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र कर्कश स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने वाचा गर्नुभएको छ ।

अस्ट्रेलियाको निर्वाचनले डट्टनको आप्रवासनलाई कम गर्ने, अपराधमा कडाई गर्ने र आणविक शक्तिमा लामो समयदेखिको प्रतिबन्ध हटाउने कुरालाई भन्दा स्थिरताको निरन्तरतालाई रोजेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार