काठमाडौं । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानले जानकारी दिएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीको हुलदङ्गाका कारण विश्वविद्यालयका दुई जना सुरक्षा अधिकारी घाइते भएका छन् । प्रहरीले घटना संलग्न भएका ७० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यसैबीच अध्यक्ष शिपम्यानका अनुसार धेरैजसाे प्रदर्शनकारीहरू विश्वविद्यालयका विद्यार्थी नभई बाहिरबाट आएका थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया