असार २२, २०८२ आइतबार July 6, 2025

भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः सुरु भयो गोलाबारी

कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा दोस्रो दिन पनि पुनः गोलाबारी सुरु भएको छ ।

समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको हो ।

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच-बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ। शहरभरि साइरनको आवाज सुनिन थालेको छ।’

मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन् ।

‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्,’ उनले आग्रह गर्दै भनेका छन्, ‘घरमै बस्नुस् वा तपाईँ सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस्। हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार