असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपति ट्रम्पको खाडी मुलुकतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्यमा जोड

यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, वैशाख २७ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा जानुहुने छ । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’ को रूपमा व्याख्या गर्दै, राष्ट्रपति ट्रम्पको खाडी क्षेत्रप्रतिको गहिरो सम्बन्ध र सम्मान दर्शाउने अवसर भएको जनाएको छ । व्यापार, रक्षा, ऊर्जा, तथा प्रविधिका क्षेत्रमा सम्भावित सहकार्यको पृष्ठभूमिमा खाडी राष्ट्रहरूले उहाँको उच्च सत्कारको तयारी गरेका छन् ।

यद्यपि, इजरायल–हमास द्वन्द्व, इरानको आणविक कार्यक्रम तथा यमन र सिरियाको अस्थिरता जस्ता विषयले क्षेत्रीय सङ्कट समाधानमा थप संवेदनशीलता र समन्वयको आवश्यकता औंल्याएका छन् ।

ट्रम्पले यसपटक इजरायल भ्रमण नगर्ने तय भएको छ, जसले केही विश्लेषकहरूलाई अमेरिकाको परम्परागत कूटनीतिक प्राथमिकतामा परिवर्तनको सङ्केतका रूपमा बुझाइएको छ ।

साथै, ओमानमा हुन लागेको इरानसँगको अप्रत्यक्ष वार्ता, गल्फ क्षेत्रको नामप्रति ट्रम्पको अभिव्यक्ति र हालै उहाँको परिवारद्वारा सञ्चालित कम्पनीहरूको खाडीमा व्यापारिक गतिविधि यी सबै विषयमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भइरहेको छ ।

तर ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भ्रमण पूर्णतः राष्ट्रिय हित र क्षेत्रीय शान्तिका निम्ति केन्द्रित हुने स्पष्ट पारेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार