मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आतङ्कवादविरुद्धको कारबाही रोकिँदैन : मोदी

आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, वैशाख ३१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आक्रमण आतङ्कवादविरुद्धको आव्रmमण भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “भारतले आव्रmमण केवल स्थगित गरेको हो । आगामी दिनमा पाकिस्तानले कस्तो रवैया अपनाउँछ त्यसमा भारतले अपनाउने सशस्त्र शक्ति निर्भर रहन्छ ।”

सर्जिकल र एयर स्ट्राइकपछिको ‘अपरेसन सिन्दूर’ भारतको आतङ्कवादविरुद्धको नीति भएको उहाँले प्रस्ट पार्नुभयो । भारतले आतङ्कवादविरुद्ध एउटा सीमारेखा कोर्न सफल भएको दर्शाउँदै उहाँले आतङ्कवादीविरुद्ध कठोर कारबाहीमा उत्रने स्पष्ट पार्नुभयो ।

पाकिस्तानसँग अब कुरा हुँदा आतङ्कवादकै विषयमा हुने र पाकिस्तानले कब्जा गरेको काश्मीरका विषयमा हुने उहाँले प्रस्ट पार्नुभयो । मोदीले बुद्धजयन्तीको स्मरण पनि गर्नुभयो । उहाँले थप्नुभयो, “बुद्धले शान्तिको मार्ग देखाउनुभयो तर शान्तिको मार्ग पनि शक्तिको मार्ग हुँदै अगाडि बढ्छ ।” त्यसैले पनि भारतले आफ्नो शक्ति आतङ्कवादविरुद्ध देखाउने जिकिर गर्नुभयो । समृद्ध र विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनैपर्ने र आवश्यक पर्दा त्यो शक्तिको प्रयोग पनि गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “प्रत्येक आतङ्कवादविरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो । पाकिस्तानी सेना, पाकिस्तानको सरकार जुन आतङ्कवादलाई मलजल गर्दै छन् त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गरिदिने छ ।”

पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको बताउँदै मोदीले भन्नुभयो, “यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ । पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधीनस्थ काश्मीरबारे हुन्छ ।”

आणविक शक्ति सम्पन्न दुवै मुलुकबिच द्वन्द्व चर्केर ठुलो युद्ध हुने ठानेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यस्थतामा शनिबार बेलुकादेखि युद्धविराम भयो । युद्ध लम्बिने कुराले चिन्तित दुवै देशका नागरिक युद्धविराम भएपछि त्यसको स्वागत गर्दै खुसियाली मनाए । आइतबारदेखि जनजीवन सामान्य बन्दै गएको छ ।

आणविक हतियारयुक्त दुवै मुलुक कठोर युद्धमा जाने खतरा बढिरहेका बेला अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्ने सहमति भयो । अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाई दिनुभयो । उहाँले भन्नुभएको छ, “रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबिच पूर्ण रूपमा र तुरुन्तै युद्धविराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”

राष्ट्रपति ट्रम्पले दुई देशबिचको विवादको मुख्य केन्द्रविन्दुका रूपमा रहेको काश्मीर विवादमा मध्यस्थता गर्न चाहेको विचार पनि सार्वजनिक गर्नुभएको छ तर भारतले यो विषय द्विपक्षीय भएको भन्दै बाह्य मध्यस्थता नचाहिने बताउँदै आएको छ । पाकिस्तानले आतङ्कवादी घुसपैठलाई संरक्षण गरेकाले समस्या समाधान नभएको भारतको तर्क छ तर पाकिस्तानले भने आतङ्कवादीलाई संरक्षण नगरेको दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार