मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ

करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइसकेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाजा, जेठ ३ गते । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ ।

रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित ‘शहीदहरूका अल अक्सा अस्पताल’ पुर्‍याइएको स्थानीय प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीहरूलाई रिहा गर्न र उनीहरूलाई अस्पतालमा स्थानान्तरण गर्न अभियानले सहज बनाएको स्पष्ट पारेको छ । साथै, उक्त प्रक्रिया रिहा भएका व्यक्ति र उनीहरूका परिवारहरूबिच पुनः भेटघाट तथा सम्पर्क कायम गर्न पनि सहयोगी भएको जनाइएको छ ।

इजरायली पक्षले गाजा क्षेत्रमा हजारौं महिला, बालबालिका तथा अन्य नागरिकलाई हिरासतमा लिई तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइसकेको बताइएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार