मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त

अनगिन्ती बासिन्दाहरू धेरै पटक विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, जेठ ६ गते । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ ।

युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार पट्टीका ९२ प्रतिशत घरहरू क्षतिग्रस्त वा नष्ट भएका छन्’ भनी जोड दिएको छ ।

राष्ट्रसङ्घीय एजेन्सीले ‘अनगिन्ती बासिन्दाहरू धेरै पटक विस्थापित भएका छन् र आश्रय अभाव भएको छ’ उल्लेख गर्दै यो अझै पनि महत्त्वपूर्ण सहायता प्रदान गर्ने भूमिमा रहेको कुरामा जोड दिएको छ ।

युएनआरडब्लुएले आफ्नो विज्ञप्तिमा ‘गाजा पट्टीमा लगाइएको नाकाबन्दी हटाउने आवश्यकता’ मा जोड दिएको छ ।

जनवरी १९ देखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिनाको विरामपछि इजरायली कब्जा सेनाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो ।

यद्यपि यस कब्जाले अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा बमबारी जारी राख्दै दुई महिनाको अवधिमा युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार