असार २२, २०८२ आइतबार July 6, 2025

रुसद्धारा युक्रेनमा एकैरात सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार

तीन बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ भने कैयौं घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रुसले युक्रेनमा एकैरातमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले जनाए अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।

बितेको ४८ घण्टाको अवधिमा रुसले युक्रेनमाथि ठूलो स्तरमा गरेको यो दोस्रो ठूलो आक्रमण हो । लडाइँ अन्त्य गर्ने दुई देशबीचको वार्ता कैदी साटासाटको विषय टुङ्गिएपछि रुसले हिजो गरेका आक्रमणहरूमा युक्रेनभरि १३ जनाले ज्यान गुमाएका थिए ।

रुसले युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण थालेपछि रुसले अहिले युक्रेनको झन्डै २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको छ । त्यसमा युक्रेनको दक्षिण प्रायद्वीप क्राइमिया पनि पर्छ जसलाई रुसले सन् २०१४ मा आफूमा गाभेको थियो ।

युक्रेनी हवाई बलका अनुसार हिजो बिहान ८ बजेर ४० मिनेटयता रुसले विभिन्न किसिमका ३ सय ६७ वटा क्षेप्यास्त्र, तथा ड्रोनहरू प्रयोग गरी आक्रमण गरेकाे छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया