असार २१, २०८२ शनिबार July 5, 2025

रुस र युक्रेनबीच कैदी आदानप्रदानको सहमति

दुवै पक्षबाट झन्डै १२ हजार सैनिकको शव फिर्ता गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रुस र युक्रेनबीचको दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्तामा कैदी आदानप्रदानको सहमति भएको छ । तर युद्धविरामको विषयमा ठोस उपलब्धि हुन नसकेको र त्यसमा रुसी पक्षले अस्वीकार गरेको युक्रेनी वार्ताकारको टोलीले जनाएको छ ।

टर्कीएको इस्तानबुलमा झन्डै डेढ घण्टा चलेको वार्तामा दुवै पक्षले सबै बिरामी र गम्भीर घाइते युद्धबन्दीका साथै २५ वर्षमुनिका कैदीलाई आदानप्रदान गर्न सहमति जनाएका हुन् । बीबीसीका अनुसार दुवै पक्षबाट झन्डै १२ हजार सैनिकको शव फिर्ता गर्ने प्रतिबद्धता जनाइएको छ ।

वार्ताको मध्यस्थकर्ता देश टर्किएका विदेशमन्त्री हाकान फिदानले सामाजिक सञ्जालमा मानवीय आदानप्रदानसँग सम्बन्धित उपायसहित पहिले सहमत भएका बुँदाहरूमा विस्तृत छलफल भएको उल्लेख गरेका छन् ।

यसअघि मे १६ मा इस्तानबुलमै भएको पहिलो चरणको वार्तामा दुवै पक्षले एक हजारभन्दा धेरै बन्दीलाई साटासाट गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर खेल्दै
२०८२ असार २१, शनिबार
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २१, शनिबार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
जनसङ्ख्या वितरणमा असन्तुलन, सहर मोहले रित्तिँदै गाउँ
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार