असार २१, २०८२ शनिबार July 5, 2025

पाकिस्तानमा एक टिकटकरको गोली हानी हत्या

सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।

सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् ।

प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ ।

गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्‍याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् ।

प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेको र उनी चाँडै पक्राउ पर्ने दाबी गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया