असार २०, २०८२ शुक्रबार July 4, 2025

गाजामा दुई सय पत्रकार तथा मिडियाकर्मीको मृत्यु

संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा ईएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुडापेस्ट, जेठ २२ गते । युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ ।

बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा  पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ । संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा ईएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेको बेला इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारका रूपमा मौलिक मानव अधिकार  प्रेस स्वतन्त्रताका लागि उनीहरूको अक्रमण्यताको निन्दा गर्दै पीडित प्यालेस्टिनी सहकर्मीहरूसँग एकता व्यक्त गरी अधिकारको माग गर्नु पत्रकारको कर्तव्य भएको इएफजेले बताएको छ ।

इएफजेले मिडिया व्यवसायी र पत्रकारहरूलाई युरोपेली प्रतिक्रियामा आफ्ना प्यालेस्टिनी सहकर्मीसँग एकतावद्ध भई प्रतीकात्मक सतर्कता आयोजना गर्न आह्वान गरेको छ ।

बैठकले ईयू निर्देशक समितिलाई प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा गर्न र मध्य पूर्वमा सूचनाको स्वतन्त्रताको ग्यारेन्टी गर्न सबै ईयू संस्थाहरूसँग मिलेर हस्तक्षेप गर्न पनि आह्वान गरेको छ । इएफजेले पत्रकारलगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरुन्तै अन्तर्राष्ट्रिय मिडियाको पहँच कायम गर्दै युद्धविरामको आह्वान गरेको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार