मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हमास गाजामा नयाँ शान्ति वार्ताका लागि तयार

आम जनताका लागि तत्काल राहत तथा नाकाबन्दी अन्त्य गर्ने र सम्मानजनक बन्दी विनिमय सम्झौता गर्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाजा, जेठ  २३  गते । हमासले बिहीबार एक वक्तव्यमार्फत गाजामा स्थायी युद्धविराम सम्झौताका लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन इच्छुक रहेको जनाएको छ ।

हमासका वरिष्ठ अधिकारी तथा वार्ता टोलीका प्रमुख खलिल अल–हय्याले भन्नुभयो,“हामी सबै सम्बन्धित पक्षहरूसँग मिलेर युद्धको अन्त्य, स्थायी युद्धविराम, गाजा क्षेत्रबाट कब्जा हटाउने, आम जनताका लागि तत्काल राहत तथा नाकाबन्दी अन्त्य गर्ने र सम्मानजनक बन्दी विनिमय सम्झौता गर्ने प्रयास गरिरहेका छौं ।”

उहाँले थप्नुभयो,“मध्यस्थकर्तासँगको संवाद निरन्तर जारी छ र वार्ताको नयाँ चरणका लागि तयारी भइरहेको छ । यसैगरी, अल–हय्याले हामीले अमेरिकाबाट प्रस्तावित पछिल्लो युद्धविराम प्रस्तावलाई अस्वीकार नगरेको तर युद्ध अन्त्य सुनिश्चित गर्न केही आवश्यक सुधारहरू गर्नुपर्ने बताएको उल्लेख गर्नुभयो ।

उहाँले हमास गाजाको प्रशासन जिम्मा, यदि सबै पक्षको सहमति हुन्छ भने, कुनै पनि पेशागत र राष्ट्रिय प्यालेस्टिनी निकायलाई तुरुन्त हस्तान्तरण गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

मार्च १८ मा इजरायलले गाजामा सैन्य गतिविधि पुनः सुरु गरेपछि जनवरीमा भएको युद्धविराम प्रभावकारी रूपमा समाप्त भएको थियो । पछिल्ला केही प्रयासहरू भए पनि स्थायी युद्धविराम कायम गर्न अझै सफलता मिल्न सकेको छैन ।

गाजाका स्वास्थ्य अधिकारीहरूले जारी गरेका तथ्याङ्क अनुसार, सन् २०२३ को आक्रमण सुरु भएदेखि गाजामा ५४ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ। रासस, सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार