मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मणिपुरमा फेरि भड्कियो हिंसा, पाँच जिल्लामा कर्फ्यु र इन्टरनेट सेवा बन्द

हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरूको व्यापक परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, जेठ २५ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो समय पुनः हिंसात्मक तनाव सिर्जना भएको छ। शनिबार रातिदेखि शुरु भएको प्रदर्शन आइतबार झनै उग्र बनेपछि प्रशासनले पाँच जिल्लामा कर्फ्यु जारी गर्दै मोबाइल इन्टरनेट सेवा पाँच दिनका लागि बन्द गरेको छ।

हिंसात्मक प्रदर्शनको सुरुवात मैतेई समुदायसँग सम्बन्धित संगठन अरामबाई टेंगोल का नेता कानन सिंहको पक्राउपछि भएको हो। मणिपुरको राजधानी इम्फाल पूर्वी जिल्लामा सिंहलाई बिना स्पष्ट अभियोग पक्राउ गरिएको भन्दै उनका समर्थकहरू आक्रोशित बनेका हुन्। विरोधका क्रममा प्रदर्शनकारीले सडकमा गाडीहरू तोडफोड गरेका छन् भने केहीमा आगजनीसमेत गरेका छन्।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि मणिपुर प्रशासनले पाँच उपत्यका जिल्लामा कर्फ्यु लागू गरेको छ। साथै, अफवाह तथा उत्तेजक सन्देश फैलिन नदिन मोबाइल इन्टरनेट सेवा पाँच दिनका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

मणिपुर विगत एक वर्षदेखि जातीय तनावका कारण अशान्त रहँदै आएको छ। खासगरी बहुसंख्यक मैतेई समुदाय र आदिवासी कुकी समुदायबीचको सामाजिक तथा राजनीतिक द्वन्द्वका कारण राज्यमा पटक–पटक हिंसा भड्किने गरेको छ। यसपटकको प्रदर्शन पनि जातीय र राजनीतिक असन्तुष्टिले थप चर्किएको देखिएको विश्लेषकहरूले बताएका छन्।

प्रशासनले हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरूको व्यापक परिचालन गरेको छ। प्रहरी र अर्धसैनिक बलहरूले प्रदर्शनकारीलाई तितर–बितर पार्न अश्रुग्यास प्रहारसमेत गरेका छन्। केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ।

राज्य सरकारले सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको छ। हिंसा नियन्त्रण र कानन सिंहको गिरफ्तारीबारे विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन। एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार