मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

निर्बाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर मात्रै राजिनामा दिन्छु : नेता युनुस

लामो समयदेखि सन् २०२६ को जुनभन्दा अघि नै चुनाव हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बङ्गलादेशमा निर्बाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ ।

उहाँ आगामी अप्रिलमा निर्वाचन गर्ने घोषणा गरेको र निर्वाचनपछि सत्तामा रहिरहने कुनै उपाय आफुलाई बताउनुभएको हो ।

करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य भएको थियो ।

युनुस स्वयंले कुनै राजनीतिक पद खोजिरहेका छन् कि भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन् ।”

लण्डनको विदेश नीति थिङ्क ट्याङ्क चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मङ्गलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताउनुभएको हो ।

उहाँले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना ‘जुलाई चार्टर’ भनिने प्रस्तावको ‘ठूलो प्याकेज’ सार्वजनिक गर्न चाहेको पनि बताउनुभएको छ ।

उहाँले यो प्याकेजको उद्देश्य हसिनाको कार्यकालपछि लोकतान्त्रिक संस्थाहरूमा आमूल परिवर्तन गर्नु रहेको बताउनुभयो ।  ‘हामी नयाँ बङ्गलादेश बनाउन चाहन्छौं,” युनुसले भन्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक दलसँग कुरा गरेर सरकारकोे ‘सहमति आयोग’ले यो बडापत्र तयार गरिरहेको छ।

युनुसले लामो समयदेखि सन् २०२६ को जुनभन्दा अघि नै चुनाव हुने बताउँदै आउनुभएको छ तर अन्तरिम प्रशासनले जति धेरै सुधार गर्छ त्यति नै राम्रो हुने बताउनुहुन्छ ।

सत्ताका लागि होडबाजी गरिरहेका राजनीतिक दलहरूले पटक–पटक समयतालिका तोक्न माग गरेपछि उहाँले यसै महिनाको सुरुमा सन् २०२६ को अप्रिलमा चुनाव हुने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “हाम्रो काम संक्रमणकाललाई राम्रोसँग व्यवस्थापन गर्ने हो र हामीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दा जनता खुसी हुनेछन् ।”

उहाँले भन्नुभयो, “त्यसैले हामी यो सुनिश्चित गर्न चाहन्छौं कि चुनाव सही छ, यो हाम्रो लागि धेरै महत्वपूर्ण कारक हो। यदि चुनावमा अनियमितता भयो भने यो कुरा फेरि कहिल्यै समाधान हुँदैन।”

युनुसले लण्डनमा बङ्गलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा ५९ वर्षीय रहमानविरूद्ध हसिना सरकारले सन् २००८ मा दोषी करार गरी जेल सजाय सुनाएपछि लण्डनमा बस्दै आउनुभएको थियो ।

चुनावमा पार्टीको नेतृत्व गर्न उहाँ ढाका फर्कने अपेक्षा गरिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार