मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरान–इजरायल तनाव चुलिँदा इजरायलमा त्रास, खाद्यान्न भण्डारणदेखि आपतकालीन तयारीसम्म

इरान–इजरायलको यो प्रत्यक्ष टकरावले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई थप अस्थिर बनाउने चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम । इजरायलमाथि इरानले एक सयभन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि देशभर त्रास फैलिएको छ। सम्भावित थप आक्रमणको डरले इजरायली नागरिकहरू आवश्यक खाद्यान्न, पानी र औषधि भण्डारण गर्न सुपरमार्केटहरूमा भीड लागिरहेका छन्।

स्थानीय समयअनुसार बिहान तीन बजे साइरन अलर्ट बजेको थियो, जसले अधिकांश इजरायलीहरूलाई निद्राबाट त्रसित बनायो। इजरायली रक्षा बल (IDF) ले इरानले गरेको आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणलाई ‘अपरेशन राइजिङ लायन’ को जवाफ भनेको छ।

इजरायल सरकारले आपतकालीन सेवा तयारी तीव्र बनाएको छ। अस्पतालहरूमा सामान्य अवस्थाका बिरामीहरू डिस्चार्ज गर्दै सम्भावित घाइतेहरूको उपचारको तयारी गरिएको छ। रगत संकलन तीव्र पारिएको छ।

यसअघि शुक्रबार इजरायलले इरानको परमाणु र सैन्य संरचनामा आक्रमण गरेको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार आक्रमणको मुख्य केन्द्र नतान्ज रहेको थियो, जुन इरानको परमाणु प्रविधि सम्वर्द्धन कार्यक्रमको मुख्य आधार मानिन्छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) का प्रमुख जनरल हुसेन सलामी, सशस्त्र बल प्रमुख मोहम्मद बघेरी, परमाणु वैज्ञानिक मोहम्मद मेहदी तेहरानची, फेरेयदुन अब्बासी र खातम-अल अन्हिया कमाण्डर घोलामाली रशीदको मृत्यु भएको छ। साथै, सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका निकट सल्लाहकार अली शामखानी गम्भीर घाइते छन्।

खामेनीले इजरायलको आक्रमणलाई ‘जघन्य अपराध’ ठहर गर्दै कडा जवाफी कारबाहीको चेतावनी दिएका छन्। त्यसैको परिणामस्वरूप इरानले मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इरानी सेनाले इजरायल र अमेरिकी सैन्य उपस्थितिको विरुद्ध ठूला कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली आक्रमणबारे पहिले नै जानकारी भएको तर अमेरिकी सेना संलग्न नरहेको बताएका छन्। ट्रम्पले भने, “इरानसँग परमाणु हतियार हुनुहुँदैन। वार्ता पुनः सुरु गर्न चाहन्छौँ, तर त्यहाँ कमजोर नेतृत्व छ।”

यो तनावको असर विश्व बजारमा पनि देखिन थालेको छ। तेलको मूल्य एकैदिन ९ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। जोर्डनको राजधानी अम्मानमा पनि ड्रोन अलर्टका लागि साइरन बजाइएको छ।

इरान–इजरायलको यो प्रत्यक्ष टकरावले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई थप अस्थिर बनाउने चिन्ता अन्तर्राष्ट्रिय कूटनीतिक समुदायमा गहिरिँदै गएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार