मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

होफम्यानलाई कम्तिमा दुईवटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।

पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भिर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरु बाँच्ने आशामा डाक्टरहरु छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’

आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ । उनका अनुसार बन्दुकधारी प्रहरी अफिसरको भेष धारण गरेर गोली हानेका थिए उसले यस्तो वर्दी लगाएको छ कि जो कोहीले पनि उसलाई वास्तविक पुलिस मान्न सक्छन भन्दै नझुक्किन आग्रह गरेका छन् ।

प्रहरीका अनुसार दुवै सांसदको घर एकअर्काबाट करिब १२ किलोमिटर टाढा च्याम्पलिन र ब्रुकलिन पार्कमा रहेको छ । सिनेटर होफम्यान र उनकी श्रीमती, इभेट, च्याम्पलिनमा बस्छन्। होफम्यानलाई कम्तिमा दुईवटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको थियो। उनकी छोरी आशा पनि दम्पतीसँगै बस्छिन् । यद्यपी घटनाका बेला उनी घरमा थिइन् वा थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन ।

यसैबीच, मेलिसा होर्टम्यान र उनका पति मार्कलाई ब्रुकलिन पार्क क्षेत्रमा आक्रमण गरिएको थियो। प्रहरीले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी सुरु गरिरहेको छ ।

कुनै अपरिचित व्यक्तिले ढोका ढकढकाएमा गेट नखोलेर सबैभन्दा पहिले ९११ मा फोन गरेर जानकारी दिन प्रहरीले सुचना जारी गरेको छ । एकजना प्रहरी उपस्थित भएको देखिएमा गेट नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

समाचार अनुसार मानिसहरूलाई दुई प्रहरी अधिकारीहरू नआएसम्म ढोका नखोल्न भनिएको छ। यो आक्रमण राजनीतिक कारणले भएको हो वा अन्य कारणले भएको हो भन्ने खुलेको छैन तर प्रहरीले यसतर्फ अनुसन्धान गरिरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार