श्रावण १४, २०८२ बुधबार July 30, 2025

इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

इरानद्धारा जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १ असार । इरान र इजरायलले शनिबार राति फेरि एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्।

दुई देशबीच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी रहेको छ, यो अझै मिसाइल हानाहान भइरहेको छ ।

समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।

उता, इरानले पनि जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । आक्रमणमा ५ इजरायलीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । इरानले पनि ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ ।

इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

इरानले दोस्रो पटक प्रहार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा एक ६० वर्षीया महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

इजरायलमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार