श्रावण १४, २०८२ बुधबार July 30, 2025

अमेरिका-इरान बिच आज हुने भनिएको बार्ता अन्तिममा रद्द

इजरायलले इरान माथी हमला गरेर प्रमुख सैन्य कमाण्डरसहित आणविक बैज्ञानिकहरूलाई मारिदिए पछि मध्यपुर्व थप अशान्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १ असार । इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ ।

इरान र इजरायलबीच जारी द्वन्द्वका बीच इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

यो वार्ता आइतबारका लागि तय गरिएको थियो । यसअघि अमेरिका र इरान बिच आणविक बार्ता पटक पटक भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए ।

तर, बार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरान माथी हमला गरेर त्यसका प्रमुख सैन्य कमाण्डरसहित आणविक बैज्ञानिकहरूलाई मारिदिए पछि मध्यपुर्व थप अशान्त बन्न पुगेको बेला यो बार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत बार्ता स्थगित भएको  जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडी भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार