मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरानमाथिको आक्रमणमा संलग्नता अमेरिकाद्वारा अस्वीकार

अमेरिकी विमानले इरानविरुद्ध आक्रमणमा भाग लिएको रिपोर्टमा टिप्पणी गर्दै यो ‘सत्य होइन’ भनेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले इरानमा इजरायली संस्थाको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ ।ह्वाइट हाउसका प्रवक्ता एलेक्स फाइफरले एक्स प्लेटफर्ममा एक पोस्टमा भने, “इरानमा भएको आक्रमणमा अमेरिकी संलग्नताको रिपोर्ट ‘नक्कली समाचार’ हो, अमेरिकी सेनाले आफ्नो रक्षात्मक गतिविधि कायम गरिरहेका छन् र त्यो परिवर्तन भएको छैन । हामी अमेरिकी हितको रक्षा गर्नेछौँ ।”

पेन्टागनका प्रवक्ता सिन पार्नेलले पनि इजरायली च्यानलले अमेरिकी विमानले इरानविरुद्ध आक्रमणमा भाग लिएको रिपोर्टमा टिप्पणी गर्दै यो ‘सत्य होइन’ भनेका छन् ।

सम्बन्धित घटनाक्रममा ह्वाइट हाउसले सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको घटनाक्रमका कारण हाल क्यानाडामा भइरहेको जी–७ शिखर सम्मेलन समाप्त हुनु अघि वासिङ्टन फर्कनुहुने घोषणा गरेको छ ।

शुक्रबार बिहान इजरायली संस्थाले इरानमा आणविक र सैन्य सुविधाहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणबाट नागरिक हताहतका अतिरिक्त नेताहरू र वैज्ञानिकहरूको मृत्यु भयो ।

इरानले कब्जा गरिएका क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमणको साथ प्रतिक्रिया दिएसँगै यस क्षेत्रले क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने द्वन्द्व र बढाउने डर खडा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार