असार २०, २०८२ शुक्रबार July 4, 2025

इरान–इजरायल युद्ध तत्काल ‘पछि नफर्कने’ बिन्दुमा पुगेको एर्दोगानको भनाइ

“दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने बिन्दुमा पुगेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्तानबुल, असार ७ गते । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताउनुभएको छ ।

इरान र इजरायलबिच आठ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने सङ्घारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो ।

“दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने बिन्दुमा पुगेको छ । यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ”, एर्दोगानले भन्नुभयो, “यसको परिणामले यस क्षेत्र, युरोप र एसियालाई धेरै वर्षसम्म’ असर गर्न सक्छ ।”

उहाँले भन्नुभयो, “यो अत्यावश्यक छ, थप विनाश, रक्तपात, नागरिक हताहत र भयानक विपत्ति आउनुभन्दा पहिले ट्रिगर र बटन’ बाट औंलाहरू हटाउनु आवश्यक छ । यसले युरोप र एशियालाई आगामी धेरै वर्षहरूसम्म असर पार्न सक्छ ।”

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को युवा मञ्चमा ओआइसीका विदेशमन्त्रीहरूको भेलाअघि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

इरानका विदेशमन्त्री अब्बास अराघची पनि सहभागी हुने भेलामा उहाँले भन्नुभयो, “इजरायलसँग जारी सङ्कटलाई दुई दिने वार्तामा उच्च प्राथमिकतामा राखिने बताइएको छ ।”

एर्दोगानले यसअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको फोन वार्तामा युद्धले आप्रवासनमा वृद्धि हुनसक्ने चेतावनी दिनुभएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार