मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरान–इजरायल युद्धमा इरानमा ठूलो क्षति, मृत्यु ४५२ नाघ्यो

मृत्यु हुनेमध्ये २२४ जना सर्वसाधारण १०९ जना इरानी सैन्य कर्मचारी र ११९ जनाको पहिचान अझै खुल्न बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असार ८ गते । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर मानवीय क्षति निम्त्याएको छ। द्वन्द्व चर्किंदै गइरहेका बेला इरानमा मृत्यु हुनेको संख्या ४५० नाघेको छ भने इजरायलमा पनि दर्जनौं मानिस हताहत भएका छन्।

गैर–नाफामुखी संस्था ‘मानव अधिकार कार्यकर्ताहरू इरान’ (एचआरएएनए) का अनुसार, हालसम्म इजरायली आक्रमणबाट इरानमा ४५२ जनाको मृत्यु भएको छ भने ६४६ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये २२४ जना सर्वसाधारण रहेका छन् भने १०९ जना इरानी सैन्य कर्मचारी र ११९ जनाको पहिचान अझै खुलेको छैन।

इरानको सरकारी सञ्चारमाध्यमहरूले भने मृत्युको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्। अर्कोतर्फ, इजरायलमा सोमबार रातिदेखि मात्रै १५४ जना घाइते भइसकेका छन्। इजरायली स्वास्थ्य मन्त्रालयले हालसम्म इरानको आक्रमणबाट २४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

बीबीसीको रिपोर्ट अनुसार, पछिल्लो साता देखिको हवाई आक्रमण, ड्रोन हमला र मिसाइल प्रहारबाट सर्वसाधारण क्षेत्रमा समेत ठूलो असर परेको छ। इरानमा विशेषतः राजधानी तेहरानलगायत सैन्य र औद्योगिक क्षेत्रहरूमा क्षति पुगेको जनाइएको छ।

दुवै पक्षबीच जारी द्वन्द्वमा अझै पनि कूटनीतिक समाधान नदेखिएको र यसले मध्यपूर्वको सुरक्षालाई थप जटिल बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार