मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

कतारको अल उदीद सैन्य अड्डामा इरानको मिसाइल आक्रमण, समयमै निस्तेज पारिँदा क्षति नभएको पुष्टि

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले लियो मिसाइल अभियानको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दोहा (तेहरान), असार १० गते। कतारको राजधानी दोहा नजिकै रहेको एक प्रमुख अमेरिकी सैन्य अड्डा अल उदीदलाई लक्षित गर्दै इरानले सोमबार मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले यस आक्रमणको जिम्मेवारी लिँदै उक्त सैन्य अभियानलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ। यद्यपि, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू आकाशमै निस्तेज पार्न सफल भएपछि कुनै मानवीय वा भौतिक क्षति नभएको बताइएको छ।

कतार सरकारका प्रवक्ता र प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल–अन्सारीले जारी गरेको विज्ञप्तिमा यो कार्यलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनी गम्भीर चिन्ता व्यक्त गरिएको छ। उनले यस्तो आक्रमणले क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पार्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादको बाटोमा फर्कन इरानलाई आग्रह गरेका छन्।

प्राप्त जानकारीअनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू समयमै अपनाइएका थिए। सबै सैनिक र कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण छैन। अमेरिकी सेनाको वायु गतिविधिका लागि मध्यपूर्वको मुख्य केन्द्र मानिने यो अड्डामा हजारौं अमेरिकी र साझेदार राष्ट्रका सैनिकहरू तैनाथ छन्।

इरानले यो मिसाइल आक्रमण शनिबार अमेरिकी वायुसेनाबाट इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरेको बताएको छ। IRGC ले कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरिएको दाबी गरेको छ।

यता, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले यस आक्रमणपश्चात सुरक्षा सतर्कता अपनाउँदै हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन्। कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन्।

क्षेत्रीय सुरक्षा चुनौती चुलिंदै जाँदा अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वमा पुनः तनाव बढ्ने आशंका व्यक्त गरिरहेका छन्। यस घटनाले आगामी दिनमा अमेरिकी–इरान सम्बन्धमा थप जटिलता निम्त्याउने अनुमान गरिएको छ। – रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार