असार १९, २०८२ बिहिबार July 3, 2025

गाजामा ६० दिन युद्धविराम गर्न इजरायल सहमत भएको राष्ट्रपति ट्रम्पको दाबी

हमासलाई युद्धविराम सम्झौता अस्वीकार नगर्न चेतावनी दिँदै अस्विकार गरेमा राम्रो नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको बताएका छन् ।

ट्रम्पले हमासलाई युद्धविराम सम्झौता अस्वीकार नगर्न चेतावनी दिँदै अस्विकार गरेमा राम्रो नहुने जनाएका छन् ।

ट्रम्पका अनुसार कतार र इजिप्टले शान्तिका लागि मद्दत र मेहनत गरी, अन्तिम प्रस्ताव दिने र प्रस्तावित युद्धविराम अवधिमा युद्ध अन्त्यका लागि वार्ता जारी रहने पनि उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा उल्लेख गरे, ‘मेरा प्रतिनिधिहरूले गाजामा आज इजरायलीहरूसँग लामो र फलदायी बैठक गरे । इजरायलले ६० दिने यिुद्धविरामका लागि अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यस अवधिमा हामी युद्धको अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौ । कतार र इजिप्टवासीले शान्तिका लागि अन्तिम प्रस्ताव दिने आशा गर्दछु, । मध्यपूर्वको शान्तिको लागि, हमासले यो सम्झौतामा सहमत हुनेछ ।’

यो घोषणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको जुलाई ७ मा हुने भनिएको अमेरिका भ्रमणको एक हप्ताभन्दा कम समय बाँकी रहँदा आएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार
‘कुलिङ पिरियड’मा पनि संसदीय छानबिन समिति बन्नुपर्ने रास्वपाको माग
२०८२ असार १९, बिहिबार