असार २०, २०८२ शुक्रबार July 4, 2025

पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिस्बन, असार १९ गते । पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै ‘शताब्दीको सुनुवाइ’ को संज्ञा दिइसकिएको लामो समयदेखि भ्रष्टाचारको अभियोगमा चलाउन खोजिएको मुद्दा बिहीबार दर्ता गरिएको छ ।

सन् २००५ देखि २०११ सम्म देशको नेतृत्व गरेका सुक्रेट्समाथि प्रधानमन्त्री हुँदा तीन करोड ४० लाख युरो (चार करोड अमेरिकी डलर) भन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

अभियोजकहरूका अनुसार अन्य १८ जनासँग मुद्दा चलाई रहनुभएका पूर्वनेताले बाल्यकालका साथीलाई देशको सबैभन्दा ठूलो बैंक र दक्षिणमा रहेको पर्यटन परिसरको एक भवन समूहसँग सम्बन्धित योजनामा प्रयोगे प्रयोग गरेको आरोप छ ।

सुक्रेट्स कानुनी कठिनाइहरूमा फसेका वरिष्ठ राजनीतिज्ञहरूको एक शृङ्लामा पछिल्लो व्यक्ति हुनुहुन्छ ।

गत वर्ष प्रधानमन्त्री एन्टोनियो कोस्टाले आफ्ना एक मन्त्रीलाई दोषी ठहर गर्दै प्रभाव पार्ने अनुसन्धानमा मुछिएपछि पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामापछि देशले मध्यावधि निर्वाचनको सामना गर्नुपरेको थियो ।

पेड्रो नुनेस सान्तोसले उहाँलाई समाजवादी पार्टीको नेताको रूपमा स्थान दिनुभएको थियो । उहाँलाई पहिले नै सन् २०२२ मा सरकारी मन्त्रीपदबाट राजीनामा दिन बाध्य पारिएको थियो।

सुक्रेट्सलाई पहिलो पटक एक दशकअघि पक्राउ गरिएको थियो र उहाँले लामो समयदेखि आफूमाथि लागेको आरोपअस्वीकार गर्दै आउनुभएको छ ।

“मैले यो मुद्दाविरुद्ध वर्षौंसम्म लडेको छु । म मेरो अधिकारका लागि लडिरहेको छु,” उहाँले बिहीबार अदालतबाहिर पत्रकारसँग भन्नुभयो । यो मुद्दा प्रमाणित गर्ने जिम्मा अभियोजकको हो।

यो मुद्दा केही महिनासम्म चल्ने अनुमान गरिएको छ र अभियोजन पक्षले मात्र करिब २०० जना साक्षीलाई बोलाउने तयारी गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार