कार्तिक ८, २०८३ आइतबार October 25, 2026

एमालेद्वारा प्रदेशदेखि टोलसम्मका संरचनाहरूको अधिवेशन तीव्र

९८ प्रतिशत पालिका र ९० प्रतिशत वडा अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो संगठनात्मक संरचनाको सुदृढीकरणका लागि देशभर पार्टी अधिवेशनहरू तीव्र गतिमा सम्पन्न गरेको छ । पार्टीले सातै प्रदेश र सबै जिल्ला तहका अधिवेशन सकिएको जनाएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्वाचन आयोगको रिपोर्टिङका आधारमा प्रस्तुत गरेका विवरणअनुसार स्थानीय तहमा ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीहरूको अधिवेशन सम्पन्न भइसकेको छ ।

पोखरेलले सामाजिक सञ्जालमार्फत निर्धारित समयमै अधिवेशन गराएकोमा पार्टी निर्वाचन आयोगलाई धन्यवादसमेत दिएका छन् ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार अब पालिकातर्फ झण्डै १० वटा मात्रै कमिटीको अधिवेशन बाँकी रहेको छ । विभिन्न कारणले रोकिएका ती अधिवेशनहरू आन्तरिक व्यवस्थापन मिलाएर छिट्टै सम्पन्न गरिने बताइएको छ ।

यसैगरी हालसम्म करिब ६ हजार वडाको अधिवेशन सकिएको छ भने बाँकी रहेका वडाहरूको अधिवेशन पनि विधान महाधिवेशनअघि सकिने गरी तयारी अघि बढाइएको छ ।

महासचिव पोखरेलका अनुसार पार्टीका २३ वटा जनसंगठनहरूमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेको सात संगठनहरूको महाधिवेशन पनि आगामी चरणमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

एमालेले आगामी विधान महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई अधिक मजबुत बनाउन यो अधिवेशन प्रक्रिया अघि बढाएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार
Couple found dead in Dhanusha
२०८३ कार्तिक ८, आइतबार
मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्यूयोर्क रेड बुल्स २-० ले विजयी
२०८३ कार्तिक ८, आइतबार
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
२०८३ कार्तिक ८, आइतबार