असार २३, २०८२ सोमबार July 7, 2025

इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण

इजरायली रक्षा प्रणाली मिसाइल रोक्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सना । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको बताएका छन् । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ ।

हूथीहरू यमनको उत्तर भागमा सक्रिय एउटा सशस्त्र समूह हुन् । उनीहरूको धार्मिक आधार शाखासँग जोडिएको छ र उनीहरूले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताको लागि सङ्घर्ष गर्दै आएका छन् ।

सन् २०१४ देखि उनीहरूले यमनको राजधानी साना र अन्य धेरै भागहरू नियन्त्रणमा लिएर सरकारविरुद्ध विद्रोह गरेका छन् । यो समूहले प्यालेस्टिनीहरूको समर्थन गर्दै इजरायलमाथि पनि आक्रमणहरू गरेको छ । यमनमा साउदी अरेबिया नेतृत्वमा गठित गठबन्धनले हूथीहरूलाई परास्त गर्न सैन्य हस्तक्षेप गरेको छ, जसले यमनमा लामो गृहयुद्ध र गम्भीर मानवीय संकट निम्त्याएको छ ।

हूथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीमा प्रसारित वक्तव्यमा, हूथी सेनाका प्रवक्ता याह्या सारियाले उक्त मिसाइल इजरायलको बेन गुरियन विमानस्थल लक्षित गरिएको जानकारी दिनुभएको छ । उहाँले आक्रमणले अस्थायी रूपमा इजरायलमा हवाई यातायातमा अवरोध आएको र मानिसहरू सुरक्षाको लागि आश्रय स्थलहरूमा गएको उल्लेख गर्नुभयो ।

यसअघि, शनिबार इजरायल र हमासबीच कतारमा बन्धकहरू र युद्धविराम सम्बन्धी वार्ता पुनः सुरु गर्ने सहमति भएको थियो ।

नोभेम्बर २०२३ देखि हूथीहरूले इजरायलमाथि आक्रमण गर्दै आएका छन् र गाजा सङ्कटमा प्यालेस्टिनीहरूप्रति समर्थन जनाउँदै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार