मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पश्चिम एसियाको तनावबारे इरान, रूस र टर्कीएबिच उच्चस्तरीय वार्ता

रुसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा, इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, असार २३ गते । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७ औँ बहुपक्षीय सम्मेलनको अवसरमा रूस र टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले रुसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा, इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले इरानको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने दृढता व्यक्त गर्नुभयो । रूसी मन्त्री लाभरोभले पनि ती आक्रमणहरू गलत भएको बताउँदै, इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि भएको आक्रमणको विरोध गर्नुभयो ।

उहाँले क्षेत्रीय शान्ति कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो । टर्कीएका परराष्ट्र मन्त्री हाकान फिदानसँग भएको छुट्टै भेटमा, दुबै नेताले गाजामा भइरहेको मानवीय संकटबारे गम्भीर चिन्ता व्यक्त गर्नुभयो । इजरायलले गरिरहेको कारबाही तत्काल रोक्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

हालै इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसमा कैयौँ मानिसको ज्यान गएको थियो। जवाफमा, इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गर्यो र इरानले अमेरिकी हवाई बेसमा जवाफ दिएको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार