असार २६, २०८२ बिहिबार July 10, 2025

मन्त्री पदबाट हटाइएका स्टारोभिट पार्कमा गोली लागेको अवस्थामा मृत फेला

रुसमा बर्खास्तमा परेका यातायात मन्त्री मृत अवस्थामा भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार यातायात मन्त्री रोमन स्टारोभिटलाई मन्त्री पदबाट बर्खास्त गर्नुभयो । त्यसको केही घन्टापछि स्टारोभिट राजधानी मस्कोको एक पार्कमा मृत भेटिनुभयो ।

स्टारोभिटको टाउकोमा गोली लागेको अवस्थामा शव भेटिएको थियो । सोमबारको यस घटनालाई नाटकीय घटनाका रुपमा विश्लेषण भइरहेको छ । मृत अवस्थामा भेटिएका यातायात मन्त्री स्टारोभिटको शवको छेउमा रहेको पेस्तोल समेत रहेको बताइएको छ ।

अनुसन्धानकर्ताहरूले पूर्व मन्त्रीले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । घटनाको भोलिपल्ट रुसकै एक ट्याब्इड पत्रिका मोस्कोभस्कीले घटनाले स्तब्ध बनाएको र रुसी इतिहासमा आत्महत्या अनौठो घटना भएको जनाएको छ ।

मन्त्रीले पदबाट हटाइएको केही घन्टामा आत्महत्या गरिनु रहस्यमय घटनाका रुपमा विश्लेषण गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया