असार २६, २०८२ बिहिबार July 10, 2025

१० इजरायली बन्धक रिहा गर्न हमास सहमत

इजरायलको नयाँ नयाँ सर्तका कारण वार्तामा सहमति गर्न कठिन भएको हमासको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेलअभिभ । इजरायली सेनाले गाजामा जारी राखेको बमबारी र नाकाबन्दीकै बीच हमासले १० जना इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ ।

युद्धविरामका लागि निरन्तर प्रयास भइरहे पनि इजरायलको नयाँ नयाँ सर्तका कारण वार्तामा सहमति गर्न कठिन भएको हमासको भनाइ छ ।

कतार र अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा जारी वार्तामा हमासको अझै केही मुख्य विषयहरूमा मतभेद रहेको हिजो जारी विज्ञप्तिमा उल्लेख छ । जसमा मुख्य रुपमा गाजामा अत्यावश्यक मानवीय सहायता सहज रूपमा प्रवेश, गाजाबाट इजरायली सेना फिर्ता र स्थायी युद्धविरामको सुनिश्चितता हुनुपर्ने रहेको छ ।

हमासका वरिष्ठ अधिकारी ताहेर अल-नुनुले आफ्नो समूहले पछिल्लो युद्धविराम प्रस्तावमा सहमति जनाउँदै आफ्ना नागरिकको संरक्षण, जातीय सफायाको अपराध रोक्न र राहत सामग्रीको निर्वाध आपूर्ति सुनिश्चित गर्न आवश्यक लचिलोपन देखाएको बताए ।

यसैबीच इजरायली सेनाले गाजाका विभिन्न भागमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो आक्रमणमा ७४ जना इजरायलीको मृत्यु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया