मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी

सैन्य कानुन लागू गर्ने प्रयाससहित अधिकारको दुरुपयोग गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध सैन्य कानुन लागू गर्ने प्रयाससहित अधिकारको दुरुपयोग गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार बिहीबार बिहान सियोलस्थित अदालतले पुर्जी जारी गरेको हो। अभियोजकको अनुरोधमा बुधवार युन अदालतमा हाजिर भई झन्डै सात घण्टासम्म सुनुवाइमा सहभागी भएका थिए। सुनुवाइपछि उनलाई अदालतको निर्णय आउँदासम्मको लागि हिरासत केन्द्रमा राखिएको थियो।

यून सुक–योलमाथि डिसेम्बर ३ मा आपतकालीन अवस्थाको बहानामा सैन्य कानुन लागू गर्न खोजेको आरोप लागेको हो। यसअघि दक्षिण कोरियाको संवैधानिक अदालतले यस्तै आरोपको कारण उनलाई राष्ट्रपति पदबाट अपदस्थ गरिसकेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार