असार ३०, २०८२ सोमबार July 14, 2025

बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द

लन्डनको साउथेन्ड विमानस्थलमा सानो विमान दुर्घटना, अर्को सूचना नभएसम्म उडान स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लन्डनको साउथेन्ड विमानस्थल नजिक आइतबार दिउँसो भएको विमान दुर्घटनाका कारण उक्त विमानस्थललाई अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। विमानस्थल प्रशासनका अनुसार विमानस्थलबाट हुने सम्पूर्ण उडानहरू तत्काल प्रभावबाट स्थगन गरिएको छ।

स्थानीय समयअनुसार आईतबार दिउँसो, नेदरल्यान्ड्सको लेलिस्ट्याड (Lelystad) जान लागेको बी२०० सुपर किंग एयर (Super King Air B200) विमान उडान भर्नेबित्तिकै जमिनमा बजारिएको हो। सो सानो आकारको विमान करिब १२ मिटर (३९ फिट) लामो थियो। दुर्घटनापछि विमानमा आगलागी समेत भएको पुष्टि भएको छ।

हालसम्म विमानमा कति जना यात्रु वा चालक दलका सदस्यहरू थिए भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। घटनास्थलमा तुरुन्तै आपतकालीन उद्धार टोली खटिएको र आगलागी नियन्त्रणमा लिइएको बताइएको छ।

विमान दुर्घटनापछि साउथेन्ड विमानस्थल प्रशासनले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण उडानहरू रद्द गरिएको जनाएको छ। यसै क्रममा सोमबार वा आगामी दिनमा यात्रा योजना बनाएका यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रशासनले दुर्घटनाबारे विस्तृत छानबिन सुरू भएको जनाएको छ भने ब्रिटिश नागरिक उड्डयन प्राधिकरण (CAA) र एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्रान्च (AAIB) ले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार