मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा २० जनाको मृत्यु

अल-सती शरणार्थी शिविरको एउटा अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा अन्य चार जना मारिएको र अन्य धेरै घाइते भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाजा, साउन २२ गते । मध्यरातदेखि बिहीबार बिहानसम्म गाजा पट्टीका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको अल-साल्ही टावरको अपार्टमेन्टमा इजरायली सेनाले बम प्रहार गर्दा दुई बालिकासहित चार प्यालेस्टिनी मारिएको बताएको छ ।

गाजाको पश्चिममा रहेको अल-सती शरणार्थी शिविरको एउटा अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा अन्य चार जना मारिएको र अन्य धेरै घाइते भएको बताइएको छ । गाजाको उत्तरमा रहेको शेख रादवान छिमेकमा रहेको पारिवारिक घरमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी मारिएका छन् भने अन्य घाइते भएका छन्

गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा एक प्यालेस्टिनी पुरुष, उनकी श्रीमती र बच्चाहरू सहरको पश्चिममा रहेको पश्चिमी शिविरमा रहेको उनीहरूको घरमा आक्रमण गर्दा मारिएका थिए । सहरको पश्चिममा रहेको ड्रिम हल नजिकैको पालमा बम प्रहार हुँदा एउटी बालिकाको पनि मृत्यु भएको छ ।

खान युनिसको पश्चिममा विस्थापित व्यक्तिहरूको निवासमा इजरायली सेनाले ड्रोनमार्फत बम प्रहार गर्दा दुई प्यालेस्टिनी महिला पनि मारिएका थिए । मध्य गाजाको देइर अल–बलाह सहरमा गत राति इजरायली सेनाले लक्षित गरेपछि सहायताको प्रतीक्षामा रहेका पाँच प्यालेस्टिनी मारिएका छन् । रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया