मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु

दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा सवार व्यक्तिहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेको बताइएको छ ।

स्थानीय अधिकारीले दुर्घटनामा २५ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएका छन् । केन्याको किसुमु-काकामेगा राजमार्गमा बसले नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको बताइएको छ ।

प्रहरीले मृत्यु हुनेमा १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको र अन्यको ४ जनाको उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया