मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रूसको कारखानामा भीषण आगलागी, चार जनाको मृत्यु

घटनामा मृत्यु हुनेहरूको संख्या अझै पुष्टि भइरहेकाले विवरण संकलनको कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, साउन ३० गते । रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् ।

क्षेत्रीय सञ्चालन मुख्यालयका अनुसार आगलागी बिहान करिब १०ः३० बजे (स्थानीय समयअनुसार) शिलोभ्स्की जिल्लाको एक उत्पादन कार्यशालामा भएको हो ।

घटनामा मृत्यु हुनेहरूको संख्या अझै पुष्टि भइरहेकाले विवरण संकलनको कार्य जारी रहेको अधिकारीहरूले जनाउनुभएका छन् । यसअघि, रूसी समाचार संस्था आरआईए नोभोस्तीले आपतकालीन सेवाको हवाला दिँदै घटनास्थलमा बारुद विस्फोट भएको र त्यसका कारण तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको प्रारम्भिक जानकारी दिएको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया