असार ७, २०८३ आइतबार June 21, 2026

माओवादीद्वारा सरकारको आलोचना

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्ननसकेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्ननसकेको आरोप लगाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया