श्रावण १०, २०८३ आइतबार July 26, 2026

आम अभिभावक, शिक्षक, समाजका अगुवा पनि गम्भीर बन्नुपर्ने बेला आयो : केदारभक्त माथेमा

आन्दोलन शान्तिपूर्ण भए नागरिक समाज पनि सहभागी हुन तयार छन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेन-जी किन सडक प्रर्दशनमा आए ?

आम निराशाका कारण युवाहरू सडक आन्दोलनमा उत्रिएका हुन् । जताततै निराशा देखिन्छ । देशमा केही गर्न अवसर नपाउने विदेश जान खोज्दा पनि सफलता नमिलेर आक्रोशित हुने युवायुवतीको संख्या बढ्दै छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिन सकेन । उनीहरू निराश हुनुको कारण खोजी हुन सकेन । पलायनको कारण पनि खोजी भएन । बरु उल्टो दिनदिनै भ्रष्टाचार र भ्रष्टाचारीलाई दण्डहीनताको कुरा आउँछ । सरकार, अख्तियार, अदालत कसैले पनि भ्रष्टाचारविरुद्ध कठोरता देखाउन सकेनन् ।

सरकार, अख्तियार, अदालतमाथि प्रश्नैप्रश्न मात्र छन् । सरकारी कार्यालयहरू झमेला मात्र दिन्छन । युवा पुस्तालाई मात्र होइन । हामी वृद्ध अवस्थामा पुगेकाहरूलाई पनि दिक्क लाग्ने अवस्था छ । युवापुस्ताले पढाइ र काम (रोजगारी) खोजेको छ । देशमा यी दुवै कुरा चित्तबुझ्दो भइरहेको छैन । धमाधम पढाइ र काममा लगाएर युवापुस्तालाई व्यस्त बनाउनुपर्ने हो । त्यसलाई राज्यका निकायले गम्भीरतापूर्वक लिन सकेनन् । हामीलाई त रिस उठछ भने युवाहरु आक्रोशित हुनु स्वभाविक हो ।

सरकारले के गर्नुपर्थ्यो त ?

सरकार आफ्नै लयमा रमाएको छ । आफ्नो काममा सुधार गरेको छैन । सरकारमा बस्नेहरूको रवैया पनि ठीक छैन । अस्तिकै मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटना हेर्नुस् । युवा पुस्तासँग निरन्तर छलफल गर्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । कुनै निर्णय लिँदा उनीहरूका प्रतिनिधिलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने हो । सरकारले निर्णय गर्दा असर पुग्ने क्षेत्रका मान्छेहरूसँग सल्लाह गर्नुपर्ने हो ।

तर यति धेरै विद्यार्थी, सर्वसाधारण प्रभावित हुने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा उनीहरूको कुरा सुनिएन । सामाजिक सञ्जाल सूचीकरण हुन नआएको कुरा युवापुस्तालाई, आमनागरिकलाई एक डेढ वर्षसम्म काउन्सिलिङ गरेर विस्तारै निर्णय लिन पनि सकिन्थ्यो । तर त्यस्तो भएन । झ्यापझुप बन्द गरिदिँदा जेन जी आक्रोशित हुनु पुग्यो । अहिले आम मान्छेलाई मर्का परेको छ । सञ्चार सर्म्पक नै टुटेको छ । अधिकांशको कि बाबुआमा कि छोराछोरी विदेशमा छन । उनीहरूको सञ्चार सम्पर्क भनेकै सामाजिक सञ्जाल थियो । त्यो त सरकारको निर्णयले टुट्यो नि । सरकारले असर पुग्ने त्यस्ता मान्छेलाई सँगै लैजान सकेन । अब नयाँ पुस्ताका केटाकेटीलाई अपहेलित गर्ने जमाना छैन । उनीहरूको समस्या सुन्ने र सामाधान गर्ने बाटोमा जानुपर्छ । सरकारले त्यसतर्फ पहल गर्न सकेको छैन ।

अब जेन-जीको भूमिका कस्तो हुनुपर्छ त ?

कोही पनि हिंसात्मकतर्फ अघि बढ्नु हुँदैन । संयमता अपनाउनुपर्छ । रिस, आवेश, आवेग मर्का, समस्या हुनसक्छ । सरकारले तुरुन्त संवाद थाल्नुपर्छ । युवाहरू पनि संवादमा सहभागी हुनुपर्छ । युवाहरूले शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्नुपर्छ । आन्दोलन शान्तिपूर्ण भए नागरिक समाज पनि सहभागी हुन तयार छन । युवाहरूले अहिले उठाएको माग जायज छ ।

उनीहरू पवित्र मनले आन्दोलनमा सहभागी भएका हुन् । शान्तिपूर्ण रूपमै निर्ष्कषमा पुग्छन् भन्ने विश्वास छ । त्यसो भए आन्दोलनले नागरिक समाजको पनि सहानुभूति प्राप्त गर्नेछ । सरकार, अख्तियार र न्यायालयले पनि आफूलाई सुधार गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध निर्मम हुनैपर्छ । आम अभिभावक, शिक्षक, समाजका अगुवा पनि गम्भीर बन्नुपर्ने बेला आएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार