असार ५, २०८३ शुक्रबार June 19, 2026

हामी मूल्यवृद्धि हुन दिँदैनौं : मोतिलाल दुगड, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यतिखेर कोरोनाको कहर छ । देशमा अस्तव्यस्त छ । तर किन महंगी बढिरहेको छ मन्त्रीज्यू ?

महंगी त हाम्रो मन्त्रालयले अनुगमन गरिरहेको छ । महंगीलाई नियन्त्रण गर्ने हाम्रो पूर्ण प्रयास छ । तथापि कही कही हाम्रो संयन्त्र पनि पुग्न नसकेको हुनाले कतै त्यस्तो भएको हुन सक्छ । यस्तोमा नियन्त्रण गर्न कठिन भईरहेको छ । अहिले कोरोना पनि भएको हुनाले कसैले केही फाइदा उठाएको हुन सक्छ । तर पनि हामी गम्भीर रूपमा मूल्यवृद्धि हुन दिँदैनौँ ।

मूल्यवृद्धि भईरहेको छ, मन्त्रीज्यु ? हरेक ठाउँमा तरकारीमा दोब्बर, तेब्बर भईरहेको छ । खोइ तपाईहरूको अनुगमन ? तरकारी बजार पुग्नुहुन्छ ?

कोरोनाको यो समयमा हामीले हाम्रो तर्फबाट पूरा प्रयास गरेका छौँ । हामीले खासै कहीबाट त्यस्तो गम्भीर समस्या आएको भनेर सुनेका छैनौँ । तर पनि तपाईहरूको फिडब्याकबाट कहीबाट त्यस्तो कुरा आएको छ भने हामी तुरुन्तै कारबाही गर्छौँ । हामी कडाभन्दा कडा कारबाही मूल्यवृद्धि गरेर या स्टक राखेर या वस्तु लुकाएर विक्रीभाउ गर्नेहरूप्रति हामी कारबाही गर्छौँ । यसमा सरकार कहिले पनि यसमा असफल भएको छैन ।

सरकार असफल भयो, सरकारले कारबाही गर्न सकेन ? माफियाहरूको जालोमा सरकार परेको छ भन्ने कुरा छ नि ?

भन्न त अब प्रजातन्त्र छ, जसलाई जे भन्न पनि छुट छ । वास्तविकतामा हामी जानुपर्छ । सरकारले कही कमी राखेको छैन । अहिले घरघरमा सामान लग्ने काम हामीले गरेका छौँ । नुन तेलको कमी छैन । हामीले यति गर्दागर्दै पनि हुँदैन भने सरकारको केही भन्नु छैन ।

जताततै दादागिरी छ, विचौलियाहरूको ? माफियाहरूको पनि हाबी छ ।

हामीलाई भन्न सक्नुभयो, कहाँ छ ? कुन ठाउँमा छ ? जनताले भन्नुपर्छ, उपभोक्ताहरू छन्, उहाँहरूले भन्नुपर्छ । हामीलाई ठाउँ देखाईदिनुपर्छ । हाम्रो अनुगमन पनि भईरहेको छ । जनताको पनि त्यत्तिकै जिम्मेवारी छ । यदि त्यस्तो छ भने हामीलाई त्यसको जानकारी मात्र हुनुपर्छ । हामीलाई जानकारी हुनेबित्तिकै हामी कारबाही थालिहाल्छौँ ।

अहिलेको अवस्थामा सरकार सफल हो त ?

सरकार एकदम सफल छ । सरकार कही विफल छैन । सरकारसँग चुनौती धेरै छ । जनताले पनि सरकारले गरेको कामको आलोचना मात्र गर्ने होइन, राम्रो कामहरूको प्रशंसा पनि गर्न जान्नुपर्दछ । सरकारले धेरै राम्रो कामहरू गरिरहेको छ । कही कमी छैन, यदि कमी छ भने भन्नुस् । कुन वस्तुको अभाव भएको छ ? कुन वस्तुको कालाबजारी भएको छ ? स्वास्थ्यको लागि औषधीहरूको पनि व्यवस्था छ । बाहिर जुन हाम्रा नेपाली दाजुभाइ्, दिदीबहिनीहरू, भारत र अन्य मुलुकबाट आएका छन् भने उहाँहरूको पनि व्यवस्थापन गरिएको छ । हामीले क्वारेन्टाइनहरू बनाएर राखेका छौँ । प्राइभेट अस्पतालहरूलाई पनि हामीले क्वारेन्टाइनमा परिणत गरिदिएका छौँ अहिले ।

बद्री गौतमले भन्नुभएको थियो, मैले कोरोनाको औषधी बनाएको थिएँ, मैले खुवाएको पनि थिएँ । निको पनि भएका थिए । सरकारले मलाई काम गर्न दिएन ।

कसैले कुन औषधी बनाउँछ, त्यो डब्ल्यू.एच.ओ. को मापदण्डमा छ कि छैन ? हाम्रो स्वास्थ्य विभागले पनि त्यसलाई एप्रुभ गरिदिनुपर्छ । एप्रुभ भएपछि पनि औषधीले फाइदा दिन्छ भन्न मिल्दैन ।

उहाँको औषधीले त धेरै मान्छेहरूलाई निको भएको छ । उहाँले त प्रमाण नै दिनुभएको छ ।

यदि निको भएको छ र औषधी प्रभावकारी छ भने सरकारले अवश्यै उहाँलाई सहयोग गर्छ । त्यसपछि वितरण गर्नमा हामी सहयोग गर्छौँ । उहाँले सम्बन्धित स्वास्थ्य विभाग, स्वास्थ्यमन्त्रीसँग सम्पर्क गर्नुहोला । मसँग सम्पर्क गर्नुभयो भने म पनि सम्पर्क गरिदिन्छु । यदि त्यस्तो औषधी छ भने त्यसलाई प्रचार प्रसार गरेर विक्री वितरण गराउने काम हामी गरिदिन्छौँ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार