कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

आणविक कूटनीति असफल भएपछि इरानमाथि संयुक्त राष्ट्रसङ्घका प्रतिबन्ध लागू हुने सम्भावना

यदि अन्तिम समयमा कुनै विशेष सहमति नजुटेमा, शनिबार राति ८ बजेदेखि प्रतिबन्ध प्रभावमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, असोज ११ गते । इरानसँग गरिएको आणविक सम्झौतामा अपेक्षित प्रगति नदेखिएको भन्दै संयुक्त राष्ट्रसङ्घले एक दशकपछि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ । यदि अन्तिम समयमा कुनै विशेष सहमति नजुटेमा, शनिबार राति ८ बजेदेखि प्रतिबन्ध प्रभावमा आउने छ ।

युरोपेली मुलुकहरूले इरानले पारदर्शिता नदेखाएको र आफ्नो आणविक कार्यक्रमबारे स्पष्ट जानकारी नदिएको भन्दै ‘स्वतः लागु हुने प्रतिबन्ध प्रक्रिया’ सुरु गरिसकेका छन् । हालै इरानले अन्तर्राष्ट्रिय निरीक्षकलाई आफ्नो आणविक स्थलमा पुनः प्रवेश गर्न अनुमति दिएको भए पनि पश्चिमी राष्ट्रले त्यसलाई पर्याप्त मान्न सकेका छैनन् ।

यी प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीसँग विश्वव्यापी व्यापारमा रोक लगाउने छ । इरानी राष्ट्रपति मसुद पेजश्कियानले भन्नुभयो, “यदि पश्चिमी राष्ट्रको उद्देश्य साँचिकै आणविक चिन्ता समाधान गर्नु हो भने त्यसका लागि संवादको ढोका अझै खुला रहेको बताउनुभयो । तर उहाँले केही मुलुकले इरानको शासन परिवर्तन गर्ने रणनीति अपनाइरहेका आरोप लगाउनुभयो ।”

रुस र चीनले प्रतिबन्ध स्थगन गर्न सुरक्षा परिषदमा प्रस्ताव राखे पनि आवश्यक समर्थन नपाएपछि ती प्रयास सफल भएनन् । रुसले भने प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट सङ्केत दिएको छ । विश्लेषकका अनुसार, प्रतिबन्ध पुनः लागू भएमा इरानको पहिल्यै कमजोर अर्थतन्त्र थप दबाबमा पर्ने छ ।

मुद्रास्फीति, मुद्रा अवमूल्यन र आधारभूत पूर्वाधार समस्याले जर्जर भएको अर्थतन्त्रमा थप चुनौती थपिने देखिन्छ । इजरायली प्रधानमन्त्रीले संयुक्त राष्ट्रसभामा सम्बोधन गर्दै प्रतिबन्धमा ढिलाइ नगर्न आग्रह गर्नुभयो र आवश्यकता परे इरानको आणविक पूर्वाधारमाथि पुनः कारबाही गर्न तयार रहेको सङ्केत गर्नु भएको छ । इरानले भने कुनै पनि हालतमा आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता दोहोर्याउँदै, अन्तर्राष्ट्रिय सन्धिबाट बाहिरिने विचार नरहेको स्पष्ट पारेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार