मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

गएराति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोननजिकै केन्द्रविन्दु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बिहान बताएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोननजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो । भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।

स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, बोगोमा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । त्यहाँ तीनजनाको घर पहिरोले पुरिएको थियो ।

छिमेकी सान रेमिगियो नगरपालिकामा स्थानीय प्रहरीले थप पाँचजनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै, ताबुएलानमा एकजनाको मृत्यु भएको छ ।

स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, सान रेमिगियोको एउटा खेलकुद केन्द्रबाट चार शव निकालिएको थियो । तीमध्ये तीन कोस्टगार्ड सदस्य थिए, जो छत भत्कँदा स्थानीय बास्केटबल प्रतियोगितामा खेलिरहेका थिए ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले उक्त क्षेत्रमा ३७९ परकम्पले मापन गरिएको जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया