मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युक्रेनको ओडिसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

युक्रेन, असोज १५ गते। युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताउनुभएको छ।

लगातार सात घण्टामा भएको बर्षको कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्त्रण गरेको अधिकारीहरूले बताएका छन्।

जेलेन्स्कीले वर्षाका कारण परिस्थिति  असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताउनु भएको छ।

बाढीमा फसेका ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ।

मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताउनु भएको छ।

युक्रनेमा भोलिसम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ। (रासस/एएफपीं)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया