असार १२, २०८३ शुक्रबार June 26, 2026

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ असोज : धादिङको जवाङ खोलामा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान खसेको पहिरोको कारण सो सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन ।बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

वर्षाका कारण यता तुईन खोला पुल नजिकै पहिरो जाँदा मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन एकतर्फी भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया