असार २, २०८३ मंगलबार June 16, 2026

यी हुन्, महामारीको बेला सम्पत्ति थपिँदा विश्वकै धनी बनेकी महिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यदि राम्रा कम्पनीको शेयर छ भने मानिस रातारात कसरी संसारका धनी बन्न सक्छ ? भन्ने उदाहरण बनेकी छिन्, म्याकेन्जी बेजोस । हिजोआज म्याकेन्जी स्कोटको नामले चिनिने उनी विश्वका सर्वाधिक धनी मध्येको एक अर्थात् अमेजनका मालिक जोसेज बेजोसकी पूर्व पत्नी हुन् ।

हालैका हप्ताहरूमा अमेजनको सम्पत्ति मुल्याङ्कन १.७ ट्रिलियन डलर पुग्यो । जसको फलस्वरूप मयाकेन्जीको सम्पत्तिमा मात्र ३०.३ बिलियन डलर थपियो । कोरोना भाइरस महामारीका कारण विश्वका सबैजसो व्यापार व्यावसायहरु ठप्प रहेका बेला अमेजनले आश्चर्यजनरुपमा अत्यधिक कमाई गर्दा उनको पनि भाग्य बदलिएको हो ।

अहिले म्याकेन्जीको कूल सम्पत्ति ६७.४ बिलियन डलर छ । यसअघि विश्वकै धनी महिलाकोरुपमा रहेकी फ्राइन्कोइज बेटेनकोर्ट मेयरको भने कूल सम्पत्ति ६६.३ बिलियन डलर मात्रै छ । ब्लुम्बर्गले सार्वजनिक गरेका अर्बपतिको सूचिमा यसरी म्याकेन्जी सर्वाधिक महिला बन्न सफल भएकी हुन् ।

यससँगै उनी विश्वकै १२ औँ सर्वाधिक धनी व्यक्ति बनेकी छिन् । अमेजनका सिइओ जेफ बेजोससँग सम्बन्ध विच्छेद गर्दा उनले अमेजनको २० मिलियन शेयर प्राप्त गरेकी थिइन । यो जोडिको कूल सम्पत्ति जोड्ने हो भने अहिले २७० बिलियन डलर हुन्छ ।

म्याकेन्जीले आफ्नो सम्पत्तिबाट १.७ बिलियन डलर विभिन्न संघसस्थालाई दिएकी छिन् । जसमा ऐतिहासिक कालाहरुको कलेज र विश्व विद्यालय पनि पर्छन् । उनले यसरी ११६ वटा सस्थाहरुलाई सहयोग गरिरहेको सिएनएनले जनाएको छ । अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार