असार ५, २०८३ शुक्रबार June 19, 2026

असक्षमताको आरोप लाग्छ भनेर देउवाले बेमौसमको बाजा नै बजाउनुभएको हो : सुरेन्द्र पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसमा झगडा, कन्तविजोक ? किन, नेताहरूको बीचमा विवाद ?

यो वर्ष हाम्रो महाधिवेशन गर्ने वर्ष हो । झगडा अरू बेलामा पनि भईरहेको छ । अरू बेलामा भन्दा यो पालि अलि बढी झगडा भएको हो । यसलाई सबै मिलेर कसरी गर्ने भन्ने कुरा पार्टीमा छलफल गर्नुपर्छ । परिस्थिति पनि त्यति अनुकुल छैन, अहिले । समयले साथ दिईरहेको छैन । तर यो साथ नमिलेको समयमा पनि हामीले कसरी मिलाएर अघि बढ्ने भन्नेतिर सबैजनाले सोच्नुपर्छ । अहिले जुन यो कोरोनाको कारणले सक्रिय सदस्यता बाँड्ने कुराहरू त्यसपछि गर्ने काम जुन छ, त्यसमा अड्किरहेको अवस्था छ । यही चुनावको बेलामा कहाँ कमी कमजोरी छ, कतै धाँधली गर्छ भनेर त्यसमा सचेत गराउने, यी कुराहरू स्वभाविक नै हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गर्नुभयो, गलत काम गर्नुभयो भन्ने पौडेल पक्षको आरोप छ । विभागहरू खारेज गर्नुपर्ने हो ? कहाँ पुग्यो पौडेल पक्षको माग र निष्कर्ष ?

विभागको लागि हेर्नुस्, पहिलाको विधानमा २ महिनामा गर्नुपर्छ भनिएको हो, अहिलेको संशोधित विधानमा ६ महिनासम्म विभाग गठन गरिसक्नुपर्छ भनिएको छ । धेरै समय त्यसलाई गर्ने प्रयास नभएको होइन ।

पार्टी सभापतिले विगतमा गरेका कामहरू बाहिर आएको छ नि ?

सहमतिबाट गर्ने भनेर अड्किँदाखेरि यतिसम्म आएको कुरा हो । मलाई सोध्नुहुन्छ भने यसलाई तिललाई पहाड बनाउनुपर्ने आवश्यकता छैन । यसलाई अनावश्यक रूपमा गर्न खोजिएको हो भने त्यो पनि गलत हो ।

त्यसोभए शेरबहादुर देउवाले बेमौसमको बाजा किन बजाउनुभयो त ?

वास्तवमा भन्नुपर्दा उहाँलाई के लाग्यो भने यदि विभागहरू गठन गरिएन भने विभाग गठन गर्न सकेन, यो गर्न सकेन, त्यो गर्न सकेन भनेर असक्षमताको आरोप लाग्छ, भनेर भनिएको अनुसार बेमौसमको बाजा नै बजाउनुभएको हो ।

पार्टी कब्जा गर्न शेरबहादुर देउवाले रणनीति बनाइरहनुभएको छ, उहाँलाई सभापति बन्न हामी दिँदैनौँ भनेर रामचन्द्र पौडेल समुहले भनिरहनुभएको छ नि त ?

त्यसको लागि चुनाव नै गर्नुपछै । मलाई बन्न मन छ, सभापति, मैले जित्छु ? मलाई महामन्त्री बन्न मन छ, मैले जित्छु ? जित्दिँन नि । किनभने पहिलो कुरा त कुनै पनि कार्यकर्ताले मलाई पत्याउनु हुन्न सभापति । त्यसकारण त्यो इच्छामात्र गरेर हुँदैन । चुनाव आउँदैछ । चुनावमा कार्यकर्ताहरूलाई कन्भिन्स गर्नुपर्छ । शेरबहादुर देउवा नै सधैँभरि भईरहनुपर्छ भन्ने छ र ? छैन नि । जसलाई कार्यकर्ताहरूले पत्याउँछ, त्यसले पार्टी चलाउँछ । एउटा कुरा के ध्यानमा राख्नुपर्छ भन्दाखेरि निर्वाचन सकिएको भोलिपल्टदेखि अर्को महाधिवेशनसम्म जसले जितेपनि एउटै सभापति हुनुपर्छ ।

अहिलेको अवस्थामा महाधिवेशनको जुन किसिमको चर्चा र बहस सुरु भएको छ । १४औँ महाधिवेशनमा पनि शेरबहादुर देउवाले उम्मेद्धवारी दिनुहुन्छ त ?

आजसम्मको कुरा हेर्दाखेरि उहाँले दिनुहुन्छ ।

किन दिने ? अरू मैदानमा आईसक्नुभयो नि त शेरबहादुर देउवालाई चुनौती दिन ?

अब त्यो त कोही व्यक्ति उम्मेदवारीमा आउन नपाउने भन्ने कुरा भएन । यो चुनौतीलाई सामना गर्छु, गर्दिनँ, मैले छोड्छु, छोड्दिँन भन्ने व्यक्तिको कुरा भयो । पार्टीको सदस्य भएको जुनसुकै व्यक्तिले उम्मेदवारी दिन पाउँछ । मैले बुझेसम्म आजका मितिसम्म उहाँले चुनावमा प्रतिस्पर्धा गरेर उम्मेदवारी दिनुहुन्छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार